१० मंसिर २०८१, सोमबार
ग्लोबल आइएमई बैंक लि. ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काभ्रेको रोसी गाउँपालिका – ९, मंगलटारस्थित मंगल जन विजय माध्यामिक विद्यालयमा ५ वटा नयाँ कम्प्युटर हस्तान्तरण गरेको छ ।विद्यालयको शैक्षिक विकासमा सहयोग पु¥याउने उद्देश्यले बैंकले उक्त कम्प्युटरहरु हस्तान्तरण गरेको जनाएको छ ।
कम्प्युटर हस्तान्तरण कार्यक्रमका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ, सांसद एंव पूर्व स्वास्थ्य तथा वातावरण राज्यमन्त्री शशी श्रेष्ठ, राष्ट्रिय शिक्षा आयोगका सदस्य एव्म वरिष्ठ पत्रकार तथा विश्लेषक श्याम श्रेष्ठ, ग्लोबल आइएमई बैंक लि. कि सहायक महाप्रबन्धक आरती राणा लगायतको उपस्थिति रहेको थियो ।
भूकम्पबाट अति प्रभावित बनेको काभ्रेको मंगल जन विजय माध्यमिक विद्यालयले भूकम्प अगाडि आफ्ना बिद्यार्थीहरुलाई कम्प्युटर सम्बन्धि शिक्षा प्रदान गर्दै आएको थियो ।