१० मंसिर २०८१, सोमबार
सिद्धार्थ बैंकले प्रवद्र्धन गरेको सिद्धार्थ फाउन्डेसनले रुरल हेल्थ एन्ड एजुकेसन सर्भिस (रेस्ट) नामक गैरसरकारी संस्थाको सहकार्यमा पिछडिएका बालिकाको शिक्षाका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
८४ हजार ८८५ रुपैयाँको उक्त सहयोग रकम बैंकका साहयक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले रेस्टका निर्देशक कमला अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।
सो रकम विभिन्न जिल्लाका पिछडिएका १६ जना छात्रछात्राको अध्ययनका उपयाग हुनेछ ।
उक्त कार्यक्रममा बैंकका साहयक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले आगामी दिनमा पनि सिद्धार्थ फाउन्डेसनले यस्तै प्रकारका विभिन्न सामाजिक कार्यमा सहभागिता जनाउँदै जाने जानकारी गराए ।
बैंकले हाल देशभर ३ एक्स्टेन्सन् काउन्टर सहित ११२ वटा शाखा, ९९ शाखारहित बैंकिङ सेवा, ११६ एटीएम र ८०० भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ सेवा प्रदान गर्दै आएको छ ।