निर्यात बढेपछि व्यापार घाटा बढ्यो

होमल्याण्ड खबर

२०७८ श्रावण २९ गते, शुक्रबार १७:०३ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७७-७८ मा नेपालको निर्यात व्यापारमा उल्लेख्य सुधार आएको बताएको छ । तर, उक्त वर्ष नेपालको आयात पनि सोही गतिमा बढ्दा व्यापार घाटा ठूलो भएको राष्ट्र बैंकले बताएको छ ।

ठूलो मात्रामा नेपालको आयात बढ्दा सोधानान्तरमा चाप पर्न थालेको गभर्नर महाप्रसाद अधिकारीले बताए । उनले चालू आर्थिक वर्ष २०७८-७९को मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन्।