पेट्रोलिमय पदार्थको मूल्य वृद्धि फिर्ता गर्न विद्यार्थी संगठनको माग

होमल्याण्ड खबर

२०७८ भाद्र ८ गते, मंगलवार १४:२३ मा प्रकाशित

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताको माग राख्दै नेविसंघसहित पाँच विद्यार्थी संगठनले सरकारको ध्यानाकर्षण गराएका छन । संगठनका अध्यक्षहरुले आज मंगलबार एक विज्ञप्ति जारी गर्दै मूल्य वृद्धि फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी पनि दिएका छन ।

विद्यार्थी संगठनहरुले गाडी भाडादर बढाइएको प्रति पनि आपत्ति जनाउँदै फिर्ता लिन भनेका छन ।