८ मंसिर २०८१, शनिबार
एन आई सीएशिया बैंक लिमिटेडले २०७५ श्रावण १ गतेबाट मिस्ड कल बैंकिङ् सेवा संचालनमा ल्याएको छ । यो सेवाको सुरुवात सँगै अब बैंकका ग्राहकहरुले ब्यालेन्स जानकारी, मिनी स्टेटमेन्ट जानकारी र कल ब्याक सेवा प्राप्त गर्नेछन् ।
ब्यालेन्स जानकारी अन्तर्गत ग्राहकले मोबाईल नं– ९८०१२२७७३३ मा मिस्ड कल गरी आफ्नो खातामा रहेको मौज्दातको जानकारी एसएमएस मार्फत प्राप्तगर्न सक्नेछन् ।
यस्तै मिनी स्टेटमेन्ट जानकारी अन्तर्गत मोबाईल नं– ९८०१२२७७४४ मा मिस्ड कल गरी खाताको अन्तिम ३ वटा कारोवारको जानकारी एसएमएस मार्फत प्राप्तगर्न सक्नेछन् भने कलब्याक सेवामार्फत मोबाईल नं–९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका सम्बन्धित कर्मचारीबाट कलब्याक मार्फत विभिन्न सुविधाको बारेमा जानकारी प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।