सिद्धार्थ बैंकका ग्राहकहरुलाई नर्भिक हस्पिटलमा १२ प्रतिशतसम्म छुट

होमल्याण्ड खबर

२०७५ श्रावण १० गते, बिहीबार ०६:५७ मा प्रकाशित

सिद्धार्थ बैंक लिमिटेड र नर्भिक इन्टरनेशनल अस्पतालबीच बैंकका ग्राहक तथा ग्राहकका परिवारजनहरुले नर्भिक हस्पिटलमा स्वास्थ्य सेवा लिँदा १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस अन्तर्गत बैंकका ग्राहकहरुले डेविट कार्डमार्फत भुक्तानी गर्र्दा १० प्रतिशतसम्म र सिद्धार्थ युएनओ क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा विशेष १२ प्रतिशतसम्मको छुट रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।