कुल २३ लाख ९५ हजार ४५६ जनाले आबेदन दिएकोमा ६ लाख ४४ हजारले मात्र १० कित्ताका दरले आईपीओ पाएका छन्। कुल आबेदन मध्ये २३ लाख ८३ हजार ४६० जनाको आबेदन मात्र सदर भएको छ भने ११ हजार ९९६ जनाको आबेदन रद्द भएको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले जनाएको छ ।
२४ लाख ७४ हजार ४३६ आवेदकबाट ३ करोड ४४ लाख ९८ हजार ३९० कित्ताशेयर माग भएको थियो । यो सर्वसाधारणलाई निष्काशन गरेको ६४ लाख ४० हजार कित्ता शेयरको ५.३५ गुण बढी हो । यसअघि शुक्रबार प्रिअलटमेन्ट गरिएको थियो । कम्पनीले असोज ६ गते देखि १० गतेसम्म ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।
कम्पनीले हाल सोलुखुम्बु जिल्लाका सोलुदूधकुण्ड नगरपालिका र थुलुङदूधकोशी गाउँपालिकामा कुल ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजनाको प्रतिमेगावाट लागत रु १३ करोड ७९ लाख हुने विवरण सार्वजनिक गरेको छ ।