न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

होमल्याण्ड खबर

२०७८ आश्विन १९ गते, मंगलवार ११:०६ मा प्रकाशित

न्यादी हाइड्रोपावर कम्पनीको साधारण शेयर (आईपीओ) का लागि आजसम्म आवेदन पाइने छ । कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको २२ लाख ५० हजार कित्ता अर्थात २२ करोड ५० लाख रुपैयाँका लागि आज शुक्रबारदेखि आवेदन खुला गरेको थियो । बिक्रीमा ल्याएको जम्मा शेयरमध्ये ४५ हजार कित्ता शेयर कर्मचारीहरूको लागि र १ लाख १२ हजार ५०० कित्ता शेयर सामुहिक लगानी कोषका लागि रहेको छ । त्यसमा बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि रहेको छ ।

लगानीकर्ताले आज अर्थात असोजको १९ गतेसम्म आवेदन दिन सक्नेछन् । आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई बैंक रहेको छ । जस्को प्रत्याभूतकर्तामा नागरिक लगानी कोष रहेको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड ५० लाख रहेको छ । शेयर निष्काशन पछि चुक्ता पुँजी १ अर्ब ५० करोड पुग्ने भएको छ ।