बागमती प्रदेशमा नयाँ भाडादर कायम

होमल्याण्ड खबर

२०७८ आश्विन २१ गते, बिहीबार १७:३७ मा प्रकाशित

बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा दरमा वृद्धि गरेको छ । प्रदेश सरकारले काठमाडौँ उपत्यकाबाहेक प्रदेशभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनमा २३ प्रतिशतले भाडादर वृद्धि गरेको हो ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले लागू गरेको भाडा दरअनुसार काठमाडौँ उपत्यकामा चल्ने यातायातका साधनमा पाँच किमी दूरीसम्मको भाडा १८ रुपैयाँ कायम गरिएको छ । दश किमीसम्मको २३ रुपैयाँ, १५ किमीसम्मको २७ रुपैयाँ, २० किमीसम्मको ३० रुपैयाँ र २० किमीभन्दा माथिको ३५ रुपैयाँ कायम गरिएको बताइएको छ ।

त्यस्तै भाडामा यात्रुले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म पाँच रुपैयाँका दरले सरसामान वा गुन्टा साथमा लैजाने पाउने कायम गरेको जनाइएको छ । मन्त्रालयका सचिव अशोक शाहद्वारा जारी विज्ञप्तिमा उक्त भाडादर यही कात्तिक १ गतेदेखि लागू हुने बताइएको छ ।