जर्सिङपौवामा एसियाको दोस्रो लामो जिपलाईन बन्ने

होमल्याण्ड खबर

२०७८ आश्विन २२ गते, शुक्रबार १६:२८ मा प्रकाशित

काठमाडाैँबाट नजिकको पर्यटकीय गन्तव्य जर्सिङपौवामा एसियाको दोस्रो लामो जिपलाईन बन्ने भएको छ । शंखरापुर नगरपालिकाकाले मणिचुड देखि जर्सिङपौवा सम्म २ हजार ८ सय मिटर लामो जिपलाईन बन्न लागेको हो । जुन एसियाकै दोस्रो तथा नेपालकै पहिलो लामो जिपलाईन भएको सञ्चालकको दावी छ ।

यो जिपलाईले मणिचुड धार्मिक र जर्सिङपौवा रमणिय क्षेत्र भएकोले धार्मिक र अन्य पर्यटकलाई जोडन् सघाउ पुर्याउने शंखारपुर नगरपालिकाका प्रमुख शुबर्ण क्षेष्ठले बताएका छन् । मणिचुडमा शान्ति पार्क र ६५ फिट आग्लो बुद्धको मुर्तिको निमार्ण भईरहेको छ भने धार्मीक कुण्ड रहेको उनको भनाई छ । त्यस्तै धार्मी र अन्य रमणिय क्षेत्रलाईलाई जोडन सडका मार्गको उस्तरोन्ती गरिने उनले बताएका छन् । यो जिपलाईने यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण भुमिका लेख्ने र राजधानीबाट नजिकको र नेपालकै उत्कृष्ठ मौरम रहेको सञ्चालक नविन हुमागाईले बताएका छन् । यो जिपलाईने यस क्षेत्रका नागरिकको आर्थिक स्थितिमा समेत सुधार आउने उनको विश्वास छ ।

जिपलाईन पछिल्लो समय पर्यटकलाई अक्रषण गर्ने प्रमुख माध्यम भएपनि उपकरण लगाय दक्ष्य जनशक्तिको भने अभव रहेको छ । एसियाकै लामो जिपलाईन बाउनु आफैमा चुनौतिपूर्ण भएको निमार्ण कम्पनीले जनाएको छ । उपकरण देखि दक्ष्य जनशक्ति समेत भारत लगायतका तेस्रो मुलुक बाट ल्याउनु पर्ने भएकोले निमार्ण कार्य निकै चुनौतिपूर्ण रहेको निमार्ण कम्पनीले जनाएको छ । ८ करोड लागतमा बन्न लागेको लागेको जिपलाईन ६ महिना भित्र सञ्चालनमा आउने जनाएको छ ।