१२ मंसिर २०८१, बुधबार
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेज गर्न माग गर्दै (नेकपा क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज टेकुस्थित नेपाल आयल निगमको कार्यालय अगाडि अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा वैद्यनिकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले पट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता गर्नुपर्ने बताएका छन । उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकार र नेपाल आयल निगमले जनताको पसिना लुट्नलाई गरेको भन्दै तत्काल निर्णय फिर्ता नलिए आयल निगमका अधिकारीहरुलाई मोसो दल्न पछि नपर्ने चेतावनी दिए ।
आयल निगमले शुक्रबार राति सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो। त्यसैको विरोधमा छ विद्यार्थी संगठनले निर्णय फिर्ता नलिए देशभर आन्दोलन गर्ने घोषणा गरेका छन ।