१२ मंसिर २०८१, बुधबार
पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी संघर्षमा उत्रिने भएको छ । मुल्यवृद्धिबाट उपभोक्ता मारमा पर्ने भन्दै नेकपाले जनसरोकारको विषयमा मुकदर्शक भएर हेरिरहन नसकिने उल्लेख गरिएको छ ।
नेकपाले सरकारलाई मुल्यवृद्धि फिर्ता लिन पनि आग्रह गरेको छ। नेकपाले देशव्यापी बिरोध प्रदर्शन, चक्का जाम र नेपाल बन्दसम्मका कार्यक्रम गर्ने उल्लेख गरेको छ ।