१२ मंसिर २०८१, बुधबार
संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा नेपाल आयल निगम घेराउ गरेका छन् । संयुक्त विद्यार्थी संगठनले आज बिहानबाट आयल निगम घेराउ गरेका छन् । उनीहरूले निगमका महाप्रबन्धक लगायतलाई कार्यालय प्रवेश गर्न नदिने बताएका छन् ।
निगमले कात्तिक २४ गते राति १२ देखि लागू हुनेगरी पेपेट्रोल, डिजेल र मट्टितेलमा ३–३ रुपैयाँको दरले, हवाई इन्धन (आन्तरिक तथा बाह्य) मा प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने एल.पी.ग्यासमा प्रतिसिलिण्डर ७५ रुपैयाँ मूल्य बढाएको छ।
पछिल्लो मूल्यअनुसार पेट्रोल प्रतिलिटर १३६ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ । यसअघि निगमले गत कात्तिक १२ गते डिजेल, पेट्रोल र मट्टितेलको भाउ बढाएको थियो ।