बुधबार सुनको मूल्य ४ सयले घट्यो

होमल्याण्ड खबर

२०७८ मंसिर १५ गते, बुधबार १२:३१ मा प्रकाशित

बुधबार सुनको मूल्य प्रति तोला ४ सय रुपैँयाले घटेको छ । आज सुन ९१ हजार ५ सय रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको छ ।

मंगलबार ९१ हजार ९ सय रुपैँया प्रति तोलामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ४ सय रुपैँयाले घटेर ९१ हजार ५ सय रुपैयाँ प्रति तोला कायम भएको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएको छ ।

यस्तै , नेपाली बजारमा तेजावी सुन आज ९१ हजार ४ सय रुपैँया प्रति तोलामा कारोबार भइरहेको महासंघले उल्लेख गरेको छ । त्यस्तै, बुधबार चाँदी प्रति तोला ५ रुपैयाँले घटेर आज १२ सय रुपैयाँ काया भएको छ । हिजो चाँदी प्रति तोला १२ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।