८ मंसिर २०८१, शनिबार
ज्योति विकास बैंकले झापाको विर्तामोडमा नयाँ शाखा विस्तार गरेको छ । विर्तामोड नगरपालिका ५ विर्तामोड बजारमा रहेको उक्त शाखा औपचारिक रुपमा प्रमुख अथिति नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी तथा बैंकका संचालक ध्रुव कोईरालाले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् ।
नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले नेपाल सरकारको सम्पूर्ण नेपालीको बैंक खाता हुनुपर्ने निती अनुरुप नेपाल राष्ट्र बैंकले बैंकिङ्ग पहुँच सर्वसाधारणमा पु¥याउने निति लिएको सन्दर्भमा विर्तामोड नगरपालिकामा खुलेको यस विकास बैंकले सरल र सुलभ बैकिङ्ग सेवा प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताए ।
बैंकका संचालक ध्रुव कोईरालाले राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी समयमै पुर्याउन सक्षम भएको यस बैंकले विपन्न परिवारका लागि लघु कर्जा देखि ठुला औद्योगिक कर्जा दिन सक्षम रहेको र आफ्नो देशभरी रहेका शाखा कार्यालयहरु मार्फत आधुनिक बैकिङ्ग सेवा प्रदान गर्न प्रतिवद्ध रहेको बताएका छन् ।