नेपाल मेडिसिटी र नागरिक अस्पतालबीच सम्झौता

होमल्याण्ड खबर

२०७५ श्रावण २१ गते, सोमबार १०:३९ मा प्रकाशित

ललितपुरमा अवस्थित नेपाल मेडिसिटी र भक्तपुर अवस्थित नागरिक अस्पतालले विशेष सहमति गरेका छन् । दुई संस्थाले स्वास्थ्य क्षेत्रमा स्वास्थ्य संस्थाको बलियो समन्वय स्थापना गर्ने उद्धेश्यले क्षमता अभिवृद्धि सहित सहकार्य गर्ने र जटिल रोगको उपचारमा साथ दिने जस्ता कार्यमा जोड दिन सहमति गरेका हुन् ।

नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र नागरिक अस्पतालका प्रबन्ध निर्देशक नागेन्द्र झाले औपचारिक रुपमा हस्ताक्षर गरेसँगै सम्झौता कार्यान्वयनमा आउने भएको छ ।  अस्पताल र अस्पतालको समन्वयले स्वास्थ्य क्षेत्रमा निकै सकारात्मक प्रभाव पर्न सक्ने  भएकाले यस सम्झौतालाई अगाडि सारिएक  नेपाल मेडिसिटीका महाप्रबन्धक रिमालले बताए ।

खासगरि, प्रविधि, पुर्वाधार र चिकित्सकीय दृष्टिकोणमा अग्रणी भूमिका खेली रहेको नेपाल मडिसिटी अस्पतालसँग सहकार्य गर्ने बाटो फराकिलो बनेकोमा नागरिक अस्पतालका  प्रबन्ध निर्देशक नागेन्द्र झाले खुशी व्यक्त गरे ।

अरबौ रकम खर्चीएर विदेशमा उपचार गर्नुभन्दा स्वदेशमै उपचार गर्न र गराउन प्रेरित गराउन यो एक महत्वपूर्ण अभियान हुने सम्झौताबारे जानकारी दिन जारी विज्ञप्तिमा  उल्लेख छ । सम्भव भएका उपचार नागरिक अस्पतालमै  गर्ने र थप उपचारका लागि नेपाल मेडिसिटीसँग सहकार्य हुने भएको हो ।