सुनको मुल्य बिहीवार तोलामा ५०० रुपैयाँले बढ्यो

होमल्याण्ड खबर

२०७८ पुष २९ गते, बिहीबार १२:०९ मा प्रकाशित

नेपाली बजारमा बिहिवार सुनको मूल्य उकालो लागेको छ । बुधवार रू. ४०० ले बढेको सुनको भाउ बिहीवार रू.५०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ५०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू.९२ हजारमा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला रू.५०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजारमा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू.९१ हजार ५०० मा कारोबार भएको थियो ।

यस्तै, बिहीवार चाँदीको मूल्य पनि बढेको छ । बुधवार प्रतितोला रू। १ हजार २३५ मा कारोबार भएको चाँदी बिहीवार रू.२० ले बढेर रू. १ हजार २५५ मा किनबेच भइरहेको छ ।