१२ मंसिर २०८१, बुधबार
नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा साताको अन्तिम दिन आज बिहिबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ५४।१२ अंकले बढेर दुई हजार ८ सय ५७ दशमलब ७५ विन्दुमा पुगेको हो । त्यस्तै, आज कारोबार रकममा भने गिरावट आएको छ । ६ अर्ब ६६ करोड ९७ लाख बराबरको कारोबार भएको छ । बुधबार ८ अर्ब ३ करोड ३२ लाख बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा मध्यभोटेकोशी जलविद्युत कम्पनी, माउन्टेन हाइड्रो नेपाल, कर्णाली डेभलपमेन्ट बैंक र शिवश्री हाइड्रोपावर कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेका छन् ।
त्यस्तै, आज नबिल डिभेञ्चर २०८५ को शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यसको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ३४ करोड ३१ लाख भन्दा बढीको कारोबार भएको छ ।