२७ फाल्गुन २०८२, बुधबार
नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ । छापावाल सुन तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजावी सुन तोलाको ९१ हजार ३०० सय रुपैयाँ कायम गरिएको छ।
चाँदी तोलाको १० रुपैयाँले घटेर प्रतितोला १२४० मा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि आइतबार चाँदी तोलाको १२ सय ५० मा कारोबार भएको थियो।

