१२ मंसिर २०८१, बुधबार
काँग्रेस नेता डा रामशरण महतले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता संसदबाट पास नगरे राष्ट्रघात हुने दाबी गरेका छन् । काँग्रेस संसदीय दलको बैठकमा एमसीसीबारे ब्रिफिङकै लागि बोलाइएका महतले कुनै पनि हालतमा एमसीसी फागुन १६ भित्रै संसदबाट पारित हुनुपर्ने जिकीर गरेका हुन्
बैठकमा एमसीसीबारे प्रष्ट पार्नका लागि बोलाइएको पूर्वअर्थमन्त्री महतले एमसीसीबारे अनेकन भ्रम सिर्जना गर्ने काम भएको पनि बताए । ‘एमसीसी पास नगर्ने कुरा महाराष्ट्रघात हुन्छ । एमसीसीका सन्दर्भमा झूट र भ्रम सिर्जना गरिएको छ’, उनले भने, ‘यसलाई चिर्दै एमसीसी पास गर्न हामीले ढिलो गर्नु हुँदैन ।’
उनले एमसीसीको विरुद्धमा भ्रम सिर्जना गरेर शक्तिराष्ट्रसँग सम्बन्ध बिगार्न नहुनेमा पनि जोड दिए । ‘यसमा सरकार र काँग्रेस गम्भीर हुनुपर्छ । अमेरिकासँग सम्बन्ध बिगारेर राम्रो हुँदैन’, उनले बैठकमा भने, ‘संसदको यही अधिवेशनले पारित गर्नुपर्छ । फागुन १६ भित्र पारित गरिसक्नुपर्छ ।’
उनले काँग्रेसले सन् २०१९ मै पास गर्न खोजेको पनि सम्भव नभएको भन्दै अब भने ढिला गर्न नहुने दोहोर्याए । ‘यत्रो समय अमेरिकाले सहुलियत दियो । अब कुनै हालतमा पारित गर्नुपर्छ’, उनको भनाइ थियो, ‘एमसीसी नेपालको गरिबी र बेरोजगारी घटाउन सहयोगी बन्छ । अहिले आयात बढ्दो र निर्यात घट्दो क्रममा हुँदा व्यापार घाटा थेगिनसक्नु छ’, उनले भने, ‘एमसीसी पास गराएर प्रशासरण लाइनमार्फत विद्युत निर्यात गर्न सक्छौँ । आयात र निर्यात सन्तुलन मिलाउन पनि एमसीसी सहयोगी बन्छ ।