१२ मंसिर २०८१, बुधबार
साताको दोस्रो दिन आज सेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ४१ अंकले बढेको छ । उक्त अंकको बृद्धिपछि नेप्से २ हजार ७ सय १८ दशमलव ५१ अंकमा पुगेको हो । सोमबार नेप्से परिसूचकमा सुधार आएपनि कारोबार रकम भने आइतबारको भन्दा पनि घटेको छ ।
आइतबार चार अर्ब रुपैयाँको कारोबार भएकोमा सोमबार ३ अर्ब पनि पुगेन । दिनभर भएका ४० हजार ८६९ कारोबारबाट २२४ कम्पनीका ४९ लाख ९२ हजार ८७९ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँमा रोकिएको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५।१५ अंकले बढेको छ ।