१२ मंसिर २०८१, बुधबार
सोमबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १.५४ अंकले बढ्दै २५ सय ४४.९३ अंकमा उक्लिएको हो । अघिल्लो दिन यस्तो सूचक ३।६६ अंकले घटेर २५ सय ४३।३९ विन्दुमा झरेको थियो ।
तर, यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स भने आज पनि २।१४ अंकले बढ्दै ४९२.२६ विन्दुमा उक्लिएको छ । यसदिन बैंकिङ, होटल तथा पर्यटन, निर्जीवन बीमा, म्यानु एण्ड प्रो र अर्थस् समूहको उपसूचक धनात्मक ९पोजेटिभ० भएका छन् भने बाँकी अन्य सबै उपसूचक ऋणात्मक भएका छन् ।
१.५४ अंकले बढेको बजारमा आज २ अर्ब ६० करोड ९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन ३ अंकले घटेको बजारमा २ अर्ब ४९ करोड ३२ लाख रुपैयाँको कारोबार भएको थियो ।