नेप्सेमा ३०.२९ अङ्‌कको पहिरो

होमल्याण्ड खबर

२०७८ फाल्गुन २५ गते, बुधबार १६:०८ मा प्रकाशित

नेपालको सेयरबजारमा आज दोहोरो अंकको पहिरो चलेको छ । सोमबार १।५४ अङ्‌कले बढेको नेपाल स्टक एक्सचेञ्‍च ९नेप्से० सूचक आज बुधबार ३०।२९ अङ्‌कले घट्दै २५१४।६५ अङ्‌कमा झरेको हो । आज बजारका सबै उप–सूचकांकहरू राताम्मे छन्‌ ।

४९ लाख ५९ हजार ११९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४२ रुपैयाँ बराबर कारोबार भएको छ । मं‌गलबार २ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । अघिल्लो कारोबार दिनको तुलनामा आज कारोबार रकम पनि घटेको हो । आज माउन्टेन इनर्जी नेपाल लिमिटेडका सेयरधनीले सबैभन्दा बढी अर्थात प्रतिकित्तामा ८५ रुपैयाँ कमाएका छन्‌ । विशाल बजार कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी अर्थात २५७ रुपैयाँ गुमाएका छन्‌ ।

बैंकहरूमा तरलता अभाव संकुचन भएको समाचार बाहिरिएपछि गत मंगलबार सेयरबजार झिनो अंकले बढेको थियो । तर, रूस(युक्रेन युद्ध लगायत कारणले निम्तिएको समस्या गहिरिँदै आर्थिक क्षेत्रमा प्रभाव पर्न थालेपछि र अर्थतन्त्रका सूचकमा सुधार नदेखिएपछि नेपालको सेयरबजार घट्‌दो क्रममा नै रहने देखिएको छ ।