११ मंसिर २०८१, मंगलवार
साताको पहिलो दिन आइतबार सुनको मूलय एक लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय रुपैयाँले बढेको हो ।
त्यस्तै, आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ ।
चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ । शुक्रबार एक हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४ सय २५ रुपैयाँमा निर्धारण भएको छ ।