सुनको मुल्य प्रतितोला १ हजार ८ सयले घट्यो

होमल्याण्ड खबर

२०७८ चैत्र १ गते, मंगलवार ११:२१ मा प्रकाशित

अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दै गएकाले नेपालमा पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत बुधबार प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँको उच्च मूल्य रेकर्ड बनाएपछि सुनको भाउ क्रमिक रुपमा ओरालो लागेको छ ।

महासंघका अनुसार मंगलबार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेको छ । सोमबार तोलाको १४१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १३८० मा झरेको हो । गत बुधबार चाँदीको मूल्य प्रतिततोला १४५० रुपैयाँ पुगेको थियो ।