पेट्रोलियम पदार्थको मूल्य बढ्यो

होमल्याण्ड खबर

२०७५ भाद्र ४ गते, सोमबार ११:०५ मा प्रकाशित

पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।

निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा एक तथा डिजेल र मट्टितेलमा रु दुईका दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।

त्यसैगरी हवाई इन्धनको मूल्य ४ रुपैयाँ ५ पैसाले बढाइएको निगमले जनाएको छ ।

अब पेट्रोल प्रतिलिटर १११, डिजेल र मट्टीतेल ९५/९५ र हवाई इज्धन १०४.५ रुपैयाँ हुने भएको छ । खाना पकाउने ग्यासको मुल्य भने बढेको छैन् ।