११ मंसिर २०८१, मंगलवार
आज सोमबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक १७ अंकले बढेको छ । दोहोरो अंकले बढेसँगै नेप्से परिसूचक २६ सय ३४ अंकमा पुगेर रोकिएको छ । नेप्से परिसूचक हिजो आइतबार १४ अंकले घटेको थियो ।
यसक्रममा २ अर्ब ५९ करोड रुपैयाँ बराबरको ५१ लाख ८९ हजार कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम न्यून रहेपनि कारोबार भएका १३ मध्ये। ११ समूहमा सुधार आएको छ । जीवन बीमा समूह १६८ अंकले बढ्दा विकास बैंक समूह १३२ अंकले बढेको छ
आज नेप्सेमा नेपाल टेलिकमको सेयर सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको सेयर २० करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यसपछि अरुण भ्याली हाइड्रोपावर विकास कम्पनीको सेयर ९ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।