नेप्सेमा दोहोरो अङ्कको गिरावट

होमल्याण्ड खबर

२०७८ चैत्र १० गते, बिहीबार १६:२६ मा प्रकाशित

पूँजीबजार नेपाल स्टक एक्स्चेञ्ज नेप्से लगातार दोस्रो दिन दोहोरो अङ्कले घटेको छ । बुधबार २०।३४ अंकले घटेको नेप्सेमा आज बिहीबार पनि १६।६९ अङ्कको पहिलो चलेको हो । नेप्से सूचक २६१३।६९ बिन्दुमा झरेको छ ।

कूल ५२ लाख ९८ हजार ५४३ कित्ता शेयर ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८२५ रुपैयाँमा कारोबार भएको छ । बुधबार २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५४७ रुपैयाँमात्रै कारोबार भएकोमा बिहीबार कारोबार रकम भने केही बढेको हो ।

जीवन र निर्जीवन बीमा बाहेक सबै उपसूचक घटेका छन् । राष्ट्रउत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले प्रतिशतका हिसाबले सबैभन्दा धेरै कमाएका छन् । नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै अर्थात ४।६७ प्रतिशत शेयरमूल्य गुमाएका छन् ।