११ मंसिर २०८१, मंगलवार
नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर एक लाख ९०० रुपैयाँ तोकिएको छ । तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४०० रुपैयाँ कायम गरिएको छ ।
चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर एक हजार ४०० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।