ओम डेभलपमेन्ट र राष्ट्रिय बिमा कम्पनीबीच सम्झौता

होमल्याण्ड खबर

२०७५ भाद्र ६ गते, बुधबार १४:०९ मा प्रकाशित

ओम डेभलपमेन्ट बैंक र राष्ट्रिय बिमा कम्पनीबीच बैंकासुरेन्स सहमति भएको छ । सहमतिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र राष्ट्रिय बिमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत वीरविक्रम रायमाझीले हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा बैंकले आफ्नो सम्पत्ति, ग्राहक तथा कर्मचारीको दुर्घटना, स्वास्थ्य र लगानी गरिएको सम्पत्तिको विभिन्न प्रकारका बिमा राष्ट्रिय बिमा कम्पनीबाट सहज रूपमा गर्ने व्यवस्था गरिएको छ ।

सम्झौतामार्फत ग्राहकले बैंकका ५३ शाखाबाट सबै प्रकारका निर्जीवन बिमा लेख प्राप्त गर्दै आवश्यक परेको समयमा दाबी भुक्तानी सहज रूपमा लिन सक्नेछन् । सम्झौताले बैंकका सबै प्रकारको लगानीलाई सुरक्षण प्रदान गर्ने प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताएको पनि विज्ञप्तिमा उल्लेख छ ।