सुनको मुल्य प्रतितोला एक लाख १५ सय रुपैयाँ पुग्यो

होमल्याण्ड खबर

२०७८ चैत्र ३० गते, बुधबार ११:०७ मा प्रकाशित

सुनको मुल्य फेरि बढ्न थालेको छ । हिजो तोलामा आठ सय रुपैयाँले बढेको सुनको मुल्य आज फेरि ६ सय रुपैयाँले बढेर एक लाख १५ सय रुपैयाँमा पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेर तोलाको १४ सय रुपैयाँमा पुगेको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ थियो ।