११ मंसिर २०८१, मंगलवार
आज बुधबार नेप्सेमा ३० अंकको सुधार आएको छ । ३०।२४ अंकले बढ्दै आज नेप्से सूचक २४ सय १५।२४ अंकमा उक्लिएको हो । अघिल्लो दिन यस्तो सूचक ३४ अंक माथिले घटेको थियो । तर, आज नेप्सेमा ३० अंक माथिको सुधार आउँदा समेत कारोबार भने खासै हुन सकेन ।
नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन पनि जम्मा १ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । अघिल्लो दिन ३४।७८ अंकले घटेको बजारमा एक अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज माइक्रोफाइनान्स समूहको उपसूचक अधिकतम २।१४ प्रतिशतले बढेको बजारमा सबै उपसूचकहरु धनात्मक पोजेटिभ भएका छन् । यस दिन अन्य समूहको उपसूचक २।२८ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन समूहको १।५८ प्रतिशतले र विकास बैंक समूहको १।५३ प्रतिशतले बढेको छ ।
यस्तै, बैंकिङ समूहको १।११ प्रतिशतले, निर्जीवन बीमा समूह १।१७ प्रतिशतले, म्यानु एण्ड प्रो १।१२ प्रतिशतले जीवन बीमा समूहको उपसूचक ०।७३ प्रतिशतले बढेको छ । यसदिन सबैभन्दा बढी नेष्ठो लघुवित्तका सेयरधनीले १० प्रतिशतले कमाएका छन् भने गुमाउनेमा युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर कम्पनी रहेको छ । कम्पनीले आज २।०८ प्रतिशतले गुमाएको छ ।