११ मंसिर २०८१, मंगलवार
प्रहरीले २ के.जी. ३३२ ग्राम सुनसहित ५ जनालाई पक्राउ गरेको छ । बिहीबार विमानस्थलबाट भिमकुमार माबो र सुमन तामाङले बोकेको मनि पर्स भित्र टेपले बेरिएको ११६६ ग्राम/११६६ ग्राम सुनसहित पक्राउ गरेको प्रहरी उपरीक्षक प्रवक्ता एवं सूचना अधिकारी हिमालय कुमार श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार माबो र तामाङसहित उदयपुर लिम्चुङबुङ गाउँपालिका- २ का २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका-२ का ट्याक्सी चालक ४१ वर्षीय हेम बहादुर थापा र सुनगाभा सप्लायर्स एण्ड सरसफाई प्रा.लि.मार्फत विमान भित्र सरसफाई गर्ने भनी सुपरभाईजरको रुपमा ड्यूटी खटिएका सप्तरी सुरुङ्गा नगरपालिका- ४ का ३६ वर्षीय ताराकान्त चौधरी समेतलाई पक्राउ गरेको छ। प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई बरामद सुनसहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको जनाएको छ ।