प्रतितोला एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

होमल्याण्ड खबर

२०७९ बैशाख २० गते, मंगलवार ११:३१ मा प्रकाशित

नेपाली बजारमा मंगलबार सुनको मुल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजाबी सुनको मुल्य तोलाको ९६ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मुल्य भने आज स्थिर नै छ । आज पनि चाँदी सोमबारकै मूल्य १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।