९ मंसिर २०८१, आईतवार
जनता बैंक नेपाल लिमिटेडले ‘मेरो तलव खाता’ सञ्चालनमा ल्याएको छ । श्रमिक/कर्मचारी वर्गको अधिकतम सुविधा सुनिश्चित गर्ने उद्देश्यसहित यो खाता सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
संगठित क्षेत्रमा कार्यरत सबै उमेर समूहका ग्राहकले ‘मेरो तलव खाता’ खोल्न सक्ने बैंकले जानकारी दिएको छ ।
खाताका अन्य विशेषताहरुः
शुन्य मौज्दातमा खाता खोल्न सकिने ।
वार्षिक व्याज दर ७ प्रतिशत ।
दैनिकमौज्दातमा त्रैमासिकव्याजभूक्तानी ।
२ वर्षको लागि निःशुल्क भिसा डेभिड कार्ड ।
निःशुल्क दुर्घटना बीमा सुविधा ।
निःशुल्क एबीबीएस सुविधा ।
निःशुल्क चेक आदि ।