खपत गरी जगेडा भएको विद्युत १७ असारदेखि २९ कात्तिकसम्म भारतमा बेच्न टेन्डर आह्वान

होमल्याण्ड खबर

२०७९ बैशाख २३ गते, शुक्रबार ११:५२ मा प्रकाशित

नेपाल विद्युत प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत् भारतमा प्रतिश्पर्धी दरमा बिक्री गर्न टेन्डर आहृवान गरेको छ । प्राधिकरणले शुक्रबार टेन्डर आहृवान गर्दै नेपालका जलविद्युत आयोजनाहरुबाट उत्पादित २०० मेगावाट विद्युत् बिक्रीका लागि भारतीय कम्पनीहरुसँग प्रस्ताव माग गरेको हो ।

प्राधिकरणले देशभित्र खपत गरी जगेडा भएकमो विद्युत पाँच महिना अर्थात् १७ असारदेखि २९ कात्तिक २०७सम्म बिक्री गर्ने छ ।

भारतले नेपालका ६ वटा विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि प्राधिकरणलाई स्वीकृति दिएको छ । देशभित्र खपत गरेर जगेडा भएको विद्युत ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत निर्यात हुनेछ ।