११ मंसिर २०८१, मंगलवार
नेपाली बजारमा लगातार तीन दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ रहेको जनाएको छ । जुन, पछिल्लो दुई दिनयता पनि सोही मूल्यमा कारोबार भएको थियो ।
यसैगरी, आज चाँदीको कारोबार मूल्य पनि स्थिर छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँ तोकिएको छ ।