२७ फाल्गुन २०८२, बुधबार
मंगलबार सुन-चाँदीको भाउ घटेको छ। आज सुन दुई सय रूपैयाँ घटेर प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९८ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १२ सय ८५ रूपैयाँमा कारोबार भएको थियो।

