११ मंसिर २०८१, मंगलवार
लामो समयदेखि लगातार ओरालो लागेको सेयर बजारमा बुधबार हरियाली छाएको छ । नेप्से परिसूचक ६०.२२ अंकले बढेर २०८०. ४४ अंकमा पुगेको छ । अधिकांश कम्पनीको सेयर मूल्य उकालो लाग्दा सीमित कम्पनीमा भने रातो देखिएको छ ।
यो दिनको कारोबारमा ५० लाख ५ हजार ८१४ कित्ता सेयर १ अर्ब ६४ करोड ३ लाख ५६ हजार ६०८ रुपैयाँमा कारोबार भएको छ । यो दिन २१८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ५ वटाको हकमा सेयर मूल्य स्थिर छ ।
त्यसैगरी यो दिनको कारोबारमा कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर, कुमारी बैंक, हिमालयन डिस्टिलरी, नेपाल इन्भेष्टमेन्ट बैंक र अपि पावर शीर्ष स्थानमा छन् ।