प्रि-ओपनिङमा नेप्से २ अङ्कले बढ्यो

होमल्याण्ड खबर

२०७९ जेष्ठ २६ गते, बिहीबार १२:२४ मा प्रकाशित

बिहीबारको प्रि ओपनिङमा नेप्से २ अङ्कले बढेको छ । नेप्से २ अङ्कले बढेसँगै सूचक २ हजार ८२ दशमलव ४४ बिन्दुमा पुगेको छ । यस अवधिमा ७ कम्पनी ३४६ कित्ता सेयर १५ वटा कारोबारमार्फत एक लाख ६९ हजार ८८ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

नेपाल धितोपत्र बोर्डको ३० औं वार्षिकोत्सवको अवसरमा अर्थमन्त्री जनार्दन शर्माले सेयर धितोकर्जामा लागू रहेको ४–१२ को नीति परिमार्जन गर्ने बताएपछि बुधबार बजार सूचक ६०.२२ अङ्कले बढेको थियो ।