११ मंसिर २०८१, मंगलवार
साताको पहिलो कारोबार दिन प्रि-ओपनिङमा नेप्से सूचक बढेको छ । सोमबार साढे १० बजेपछिको समयावधिमा नेप्से १.१४ अङ्कले बढेर २०४९.३० बिन्दुमा पुगेको छ ।
प्रि-ओपनिङमा सेन्सेटिभ इन्डेक्स पनि ०.५८ अङ्कले बढेको छ । यस अवधिमा कारोबारमा आएका कम्पनीमध्ये आठ कम्पनीको सेयर मूल्य बढेको हो । यस्तै दुई वटा कम्पनीको मूल्य घटेको छ भने दुई कम्पनीको सेयर मूल्य स्थिर छ ।
यस अवधिमा लघुवित्तको सेयर मूल्य २ प्रतिशतले बढेको छ । यस्तै, तीन लाखको कारोबार भएको छ ।