११ मंसिर २०८१, मंगलवार
बुधबार सेयर बजार १।६२ प्रतिशतले घटेको छ। आज नेप्से परिसूचक ३१।२१ अंकले घटेर १,८९३।५३ बिन्दुमा पुगेको हो। अघिल्लो दिन नेप्से परिसूचक ३७।४९ प्रतिशतले बढेको थियो। मंगलबार धितोपत्र बोर्डको नेतृत्वमा सेयर बजार समस्या समाधानका लागि बनेको समितिको पहिलो बैठक बसेको थियो। यही खबरले सेयर बजारमा सुधार देखिन मद्दत मिलेको थियो।
सेयर बजार घटेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन कारोबार रकम एक अर्ब २५ करोड ३७ लाख ५७ हजार रुपैयाँ पुगेकोमा आज कारोबार रकम ८४ करोड ३७ लाख ७३ हजार रुपैयाँमा सिमित छ। आज कुल २२९ किसिमका धितोपत्र तथा ऋणपत्रको ३० लाख ३४ हजार ४८३ सेयर किनबेच भएको छ। कारोबार भएका धितोपत्र तथा ऋणपत्रमध्ये ३० वटाको मूल्य बढेको छ भने १९१ वटाको मूल्य घटेको छ। आज आँधीखोला लघुवित्त वित्तीय संस्थाको मूल्य वृद्धिमा सर्किट ब्रेक लागेको छ। युनाइटेड आइडिआइ मार्दी आरबी हाइड्रोपावरको भने सबैभन्दा धेरै ६।४८ प्रतिशतले घटेको हो।
आज कारोबारमा आएका १३ उपसमूहहरूमध्ये सबैको मूल्य घटेको छ। तीमध्ये पनि सबैभन्दा धेरै विकास बैंकको २।७५ प्रतिशत, अन्यको २।६६ प्रतिशत र हाइड्रोपावरको २।४९ प्रतिशतले घटेको हो। कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै नबिल बैंकको ३ करोड ३९ लाख ६६ हजार रुपैयाँको सेयर कारोबार भएको छ।
यसपछि नेपाल बैंकको २ करोड ६७ लाख ५२ हजार रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ५४ लाख १८ हजार रुपैयाँ, नेपाल क्रेडिट एन्ड कमर्सियल बैंकको २ करोड ५४ लाख ७७ हजार रुपैयाँ र एनआइसी एसिया बैंकको २ करोड ४९ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ।