११ मंसिर २०८१, मंगलवार
नबिल र नेपाल बंगलादेश एनबी बैंकले असार २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । नबिल बैंकले एनबी बैंकलाई एक्वायर गरेपश्चात एकिकृत कारोबार गर्न लागेको हो। एक्विजिसन पश्चात नबिल बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । दुई बैंकको जेठ ७ गते सम्पन्न सभाले एक्विजिसन प्रस्ताव पारित गरेका थिए ।
केन्द्रीय बैंकले यी दुई बैंकको एक्विजिसनको लागि असार १५ गते अन्तिम स्वीकृति दिएको थियो । नबिलले एनबी बैंकलाई १००.४३ शेयर स्वाप अनुपातमा एक्वायर गर्न लागेको हो । अर्थात, एनबी बैंकको १ सय कित्ता सेयर हुनेले एक्विजिसनपछि बन्ने नबिल बैंकको ४३ कित्ता शेयर पाउने भएका छन् ।