गरिमा विकास बैंक र एभरेस्ट इन्स्योरेन्स बीच सम्झौता

होमल्याण्ड खबर

२०७५ भाद्र १५ गते, शुक्रबार १०:३७ मा प्रकाशित

गरिमा विकास बैंक र एभरेस्ट इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवा प्रदान सम्बन्धि सम्झौता भएको छ । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र एभरेस्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

बैंकासुरेन्स सेवाअन्र्तगत् बैंकका ग्राहकले एभरेस्ट इन्स्योरेन्सका विभिन्न प्रकारका बीमा सेवा प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् । सो सेवा गरिमा विकास बैंकका सम्पूर्ण शाखाबाट प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।