११ मंसिर २०८१, मंगलवार
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ । साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक ३४.७१ अंकले घटेर १९९२.६१ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २।२८ अंकले घटेको छ ।
कारोबारमा आएका २१७ कम्पनीको ३० लाख ६३ हजार कित्ता शेयर १ अर्ब १६ करोड ८४ लाख ५१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । शुक्रवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये वित्त, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ ।
विकास बैंक, जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी र बैंकिङ, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
नेप्से परिसूचकमा गिरावट आएपनि हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य ५.४४ प्रतिशत घटेको छ । त्यस्तै, हिमाल दोलखा हाइड्रोपावर, बेष्ट फाइनान्सको शेयर मूल्य साढे ४ प्रतिशतभन्दा बढी घटेको छ । साढे ५ करोडभन्दा बढीको कारोबार शिवम् सिमेन्ट्स कम्पनीले गरेको छ ।