होमल्याण्ड खबर
२०७९ असार २९ गते, बुधबार ११:१३ मा प्रकाशित
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि असार आज २९ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन तथा विक्रि खुल्ला गरेको छ । कम्पनीले यस अघि नै आयोजना प्रभावितहरुका लागि आईपीओ बिक्रि गरी बाँडफाँड समेत गरिसकेको छ । म्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेको शेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २३ करोड ६६ लाख बराबरको २३ लाख ६६ हजार २४० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २१ लाख ७६ हजार ९४० कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २१ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । छिटोमा साउन १ गतेसम्म ढीलोमा साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।