११ मंसिर २०८१, मंगलवार
नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले बजेट घोषणाको अघिल्लो दिन जेठ १४ गतेको सिसिटिभी फुटेजको रिपोर्ट संसदीय विशेष छानबिन समितिलाई बुझाएको छ ।
प्रयोगशालाले आज सोमबार समितिलाई रिपोर्ट बुझाएको हो ।स्रोतका अनुसार सिलबन्द रहेको रिपोर्ट भोलि मंगलबार बिहान समितिको बैठकमा खोलिनेछ । समितिले अर्थ मन्त्रालयबाट सिसिटिभी फुटेज मागे पनि जेठ १४ को फुटेज नपाएपछि ‘रिकभर’का लागि प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो ।
बजेट निर्माणमा करको दर हेरफेर गर्न अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा समितिले अहिलेसम्म कुनै प्रमाण फेला पार्न सकेको छैन । समितिका सदस्यबीच तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको कल डिटेल हेर्नेरनहेर्ने भन्ने विषयमा विवाद उत्पन्न भएको छ ।
समितिका एक सदस्य नेपाल प्रहरीको रिपोर्ट अनुसन्धानको झिनो आशाका रूपमा रहेको बताउँछन् । उनी भन्छन्, ‘अहिलेसम्म कुनै प्रमाण फेला पारेका छैनौँ । झिनो आशा बाँकी छ । अब छानबिनलाई अगाडि बढाउने कि प्रतिवेदनलाई अ