३० श्रावण २०८३, शनिबार
आज (सोमबार) पनि सेयर बजारमा सकारात्मक माहोल देखिएको छ। नेप्से परिसूचक सँगै कारोबार रकम पनि वृद्धि भएको छ।नेप्सेमा रौनकता छाउँदा लगानीकर्ता उत्साहित छन्।नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ९सोमबार० सेयर कारोबार मापक नेप्से परिसूचक ५४.४५ अंकले बढेर २१३२.९६ विन्दुमा पुगेको छ।
नेप्से २.६२ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ९.०५ अंकले बढेर ४०७.३८ विन्दुमा पुगेको छ। कूल २१४ वटा कम्पनीको ९९ लाख ४४ हजार ४८ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १० करोड ६८ लाख १८ हजार ९ सय ४१ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै फाइनान्स समूह बढेको छ ।

