८ मंसिर २०८१, शनिबार
नेपाल क्रेडिट एण्ड कमर्स बैंक र एनएलजी इन्स्योरेन्स कम्पनीबीच बैंकस्योरेन्स मार्फत नन–लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरी सम्झौता भएको छ ।
सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट एनएलजी इन्स्योरेन्स कम्पनीको पोलिसी बिक्री गरिनेछ ।
सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र एनएलजी इन्स्योरेन्स कम्पनीका तर्फवाट का.मु. प्रमुख कार्यकारी अधिकृत सुनील बल्लभ पन्तले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।