१० मंसिर २०८१, सोमबार
बजाजको आधिकारिक वितरक, हंसराज हुलासचन्द एन्ड कम्पनीले दशैं–तिहारको अवसरमा ग्राहकको पाकेट भर्नको लागि बजाज पाकेट फुल नामक ग्राहक योजना ल्याएको छ । योजनाअनुसार बजाजको कुनै पनि मोटरसाईकल खरिद गर्दा प्राप्त हुने एउटा स्क्र्याच कार्डबाट पाकेट फुल गर्ने मौका पाउनेछन् ।
प्राप्त कुपनको एउटा भागमा स्क्र्याच गर्ने ठाउँ हुनेछ भने अर्को भागमा पाकेटफुल साप्ताहिक लक्की ड्र कुपन रहनेछ । स्क्र्याच कुपनबाट तत्कालै ग्राहकले ६ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सकिनेछ । योजना अवधिभर साप्ताहिक पाकेटफुल लक्की ड्र कुपन मध्येबाट हरेक हप्ता लक्की ड्र गरि एकजना विजेताले पाकेटफुल कार्यक्रममा गई पाकेटफुल गर्ने मौका पाउने छन् ।
साप्ताहिक पाकेट फुल कार्यक्रमको प्रसारण टेलिभिजनबाट गरिनेछ, जसमा विजेताले तोकिएको समय भित्र बढीभन्दा बढी पैसारुपी कुपन समातेर आफ्नो पाकेटहरु फुल गर्नुपर्नेछ, सोही कुपन बराबरको रकम विजेतालाई प्रदान गरिनेछ ।